back
NMB ad

एनएमबि बैंकले लाभांश र १० वर्ष अघिको निक्षेप लैजान शेयरधनिलाई बोलायो

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०६९/७० देखिको लाभांश बैंकमा थन्किएको भन्दै ३५ दिनभित्र लैजान सेयरधनीलाई अनुरोध गरेको छ ।

आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लैजान सूचना जारी गरि अबको ३५ दिनभित्र पनि लाभांश नलगे लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकको भनाई छ ।

सेयरधनीले एनएमबि बैंकको सेयर रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंस्थित सेयर शाखामा सम्पर्क गरी लाभांश लिन सक्नेछन । लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि बोक्नुपर्नेछ । साथै, २०६८–६९ सम्मको बाँकी लाभांश बैंकले लगानीकर्ता संरक्षण कोषमा पठाएको छ ।

यस्तो लाभांश लिन लगानीकर्ता यही कोषको कार्यालयमा जानुपर्ने हुन्छ ।  बैंकले १० वर्ष वा त्यसभन्दा बढी अवधिसम्म चल्तीमा नभएका र दाबी नपरेका निक्षेप खाताको रकम लिन समेत सम्बन्धी निक्षेपकर्ता र हकवालासँग आग्रह गरेको छ ।

२० वर्षसम्म पनि नलगेका रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरिने प्रावधान छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...