back
NMB ad

मुलुक एक हजार ४२ अर्ब ऋणको चपेटामा, एक वर्षमा थपियो ८१ अर्ब वैदेशिक ऋण

Kumari bank ad

काठमाडौं । नेपाल सरकारले संघीयता कार्यान्वयनदेखि पूर्वाधार विकाससम्मका कामहरूलाई अघि बढाउन बहुपक्षीय र द्विपक्षीय दातामार्फत आर्थिक वर्ष २०७५/७६ मा ८१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ ।

गत आवमा नेपालले लिएको कुल वैदेशिक ऋणमध्ये सबैभन्दा बढी बहुपक्षीय दाताबाट लिएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले बहुपक्षीय दाताबाट ६७ अर्ब ९ करोड रुपैयाँ ऋण लियो भने द्विपक्षीय दाताबाट १४ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भयो ।

नेपालले विश्व बैंक समूह, एशियाली विकास बैंक, यूरोपेली संघ लगायत बहुपक्षीय दाता र भारत, चीन, जापान लगायत द्विपक्षीय दातामार्फत ऋण लिँदै आएकोे छ । गत आवमा नेपालले सबैभन्दा बढी विश्व बैंकबाट ४४ अर्ब ८५ करोड, एशियाली विकास बैंकबाट २१ अर्ब २९ करोड र जापान सरकारबाट ५ अर्ब ९२ करोड, भारतबाट ५ अर्व १५ करोड, चिनबाट २ अर्व ९४ करोड ऋण लिएको तथ्यांकले देखाउँछ ।

महालेखा नियन्त्रकका अनुसार गत आर्थिक वर्षसम्ममा मुलुकको कुल ऋण १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बाह्य तथा आन्तरिक ऋण दुवै बढ्दा मुलुकको कुल ऋण गत आवमा १३.६५ प्रतिशतले बढेको छ ।

नेपालको कुल ऋणमध्ये अन्तरराष्ट्रिय समुदायसँग लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड, आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब पुगेको छ । महालेखाको तथ्यांक अनुसार एकै वर्ष नेपालको कुल ऋण १ खर्ब २५ अर्बले बढेको छ ।

सरकारले वैदेशिक सहायताको परिचालनबाट प्राप्त हुने प्रतिफल र उपलब्धिको आकलन गरी पारदर्शी रूपमा वैदेशिक सहायता लिनसक्ने कानूनी व्यवस्था छ ।

सरकारले हालै जारी गरेको अन्तरराष्ट्रिय विकास सहायता नीतिमा दाताबाट अनुदान स्वीकार गर्दा पनि सरकारले सार्वजनिक, निजी, सहकारी र समुदायको क्षमता नपुगेका क्षेत्रलाई तोक्न सक्ने गरी प्रावधान राखिएको छ । यसबाट दाताले आफु खुशी क्षेत्र तय गरी अनुदानको रकम खर्च गर्न पाउने छैनन ।

अर्थ मन्त्रालयका अनुसार प्रदेश तथा स्थानीय तहले समेत संघीय सरकारको स्वीकृतिमा ऋण लिन सक्ने गरी विकास सहायता नीति सरकारले बनाइसकेको छ ।

२०७६ साउन २७ मा प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार ०९:३९ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...