back
NMB ad

भृकुटी मण्डप कागज कारखाना तत्काल संचालनमा ल्याउन माग

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकी छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा बिदेसिएको दाबी गरिन ।

भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ । सांसद बिन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उद्देश्यअनुसार काम नभई जथाभावी रकम वितरण भएको बताए ।

सांसद अनिता देवकोटाले दाङ, रुकुम र रोल्पाको सडक छिट्टै सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दै बुटवलदेखि भैरहवासम्म राखिएका गौतमबुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरिन ।

अर्का सांसद सिंहबहादुर विश्वकर्माले राष्ट्रिय दलित आयोगको गठन गर्न माग गर्दै सिन्धुपाल्चोकका जुरे पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे । सांसद रामनारायण बिंडारीले वन्यजन्तुको संरक्षणका ध्यान दिनुपर्नेमा जोड दिँदै ‘हरियो वन नेपालको धन’सम्बन्धी नीति आवश्यक रहेको बताए ।

अन्य केही सांसदहरूले मोरङ जिल्लामा निर्माण सम्पन्न भएका बाटोको स्तर निकै खस्किएकाले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, भूकम्पको पूर्वतयारीस्वरूप खुला स्थानको व्यवस्था मिलाउनुपर्ने तथा जनताका काममा खटिएका राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा ढिला गरेमा कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिन ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...