back
NMB ad

अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भन्ने सुसाइड नोट लेखेर झुण्डिए कर्मचारी

Kumari bank ad

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा २ पाना लामो सुसाइड नोट लेखेर आइतबार एक निलम्बित कर्मचारीले आत्महत्या गरेका छन् । उदयपुरका स्थायी बासिन्दा रहेका हरि आचार्यले अख्तियार प्रमुखको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।

उदरपुर, त्रियुगा नगरपालिका वडा नं १० का आचार्य यसअघि काठमाडौँ कलंकी मालपोत कार्यालयका कर्मचारी थिए । उनीविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि निलम्बित भएका हुन् । आइतबार त्रियुगा नगरपाकिलाकै वडा नं ९, रातामाटेस्थित शिखर कट्टेको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परे । ५५ वर्षीय आचार्य शनिबारै घर छोडेर सम्पर्कविहीन भएका थिए ।

उनले छोडेको सुसाइड नोटमा अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भनेर लेखेका छन् । सो नोटमा आफूले भ्रष्टाचार नगरेको समेत उनले लेखेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर मलाई भ्रष्टाचारी भनाउन खोजियो । अख्तियार प्रमुख नवीनकुमार घिमिरे ज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना १’ उनले आफूजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा चलाइएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न र भाई रमेशलाई सहयोग गर्न समेत उक्त नोटमा खुलाएका छन् ।

उनले थप लेखेका छन्, ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ‍‘ ।’ आफ्नो सम्पत्ति कहाँ के छ भन्ने समेत सो नोटमा खुलाउँदै उनले काका, छिमेकी, आमा, भतिजा लगायतलाई सम्बोधन गरेका छन् । श्रीमतीलाई छोरो काठमाडौँ लगेर पढाउनू समेत भनेका छन् ।

आचार्य शनिबार बेलुका करिब ६ बजेतिर सुसाइड नोट लेखी घरबाट बाहिरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनीविरुद्ध कलंकी मालपोतमा कार्यरत रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी २ करोड २१ लाख बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा चलाएको थियो ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १४:०५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...