चितवन । चितवनका किसानहरुले एक वर्षमै १ अर्ब ५० करोड बराबरको केरा बिक्री गर्ने गरेका छन । शहकारी बजार विकास कार्यक्रम मार्फत ३१ लाखको लगानीमा मार्कण्डे केरा उत्पादक सहकारी संस्थाले केरा संकलन केन्द्रको स्थापना गरेको छ ।
यसरी संकलन केन्द्र स्थापना भएपछि बिचौलियाले बजार अभाव देखाउने र मुल्यमा चलखेल गरी नाफामा खाने प्रवृत्तिमा कमी आउने किसानहरुको भनाई छ । चितवन केरा उत्पादक संघले केराको बिक्रिबाट नै वार्षिक अर्बौ रुपैयाको कारोबार गर्ने गरेको भए पनि चितवनमा हालसम्म संकलन केन्द्र भने रहेको थिएन । रत्ननगरमा स्थापना भएको संकलन केन्द्रबाट वडा नम्बर १४, १५ र १६ का किसान प्रत्यक्ष लाभान्वित हुनेछन ।
संकलन केन्द्र स्थापना भएपछि सानो तथा ठुलो केराको छुट्टै ग्रेडिङ गर्न सकिने प्याकिङ मार्फत बजारमा पुर्याईने हुदाँ हप्ता दिनसम्म नबिग्रने हुन्छ ।
हाल चितवनमा ७ सयभन्दा बढी केरा किसानले वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन गर्दै आएका छन् । बीमामा हुने झन्झटका कारण हैरानी भोग्दै आएको यहाँका किसानहरुले ३ हजार बिगाहा क्षेत्रफलमा केरा उत्पादन गर्दै आएका छन ।
२०७६ साउन २७ गते प्रकाशित
वि.सं.२०७६ साउन २७ सोमवार १५:०१ मा प्रकाशित