Logo

रिलायन्स लाइफले ६३ करोड बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आईपीओ लगायत अन्य वित्तीय विवरणहरु पारित गर्न कम्पनीले साउन ३१ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
आईपीओ बाँडफाँडपछि रिलायन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ । बाँकी आईपीओबाट संकलन गर्ने छ ।

बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ तोकेको छ ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com