Logo

लाईफ इन्योरेन्सको बोनस र लाभांश शेयरधनीको डिम्याट खातामा

काठमाडौं । लाईफ इन्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीको साउन २४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले उक्त नगद तथा बोनस पारित गरेको थियो । बोनस र लाभांश अभौतिक शेयर भएका शेयरधनीको हितग्राही खातामा जम्मा भएको र भैतिक शेयर भएका शेयरधनीले शेयर अभौतिकीकरण भएपछि मात्र खातामा जम्मा हुने कम्पनीले सूचना दिएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 २०७६ साउन २८ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com