Logo

किन दिएन अमेरिकाले सन्दीप लामिछानेलाई भिसा ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले पीएम नेपाललाई मेन्सन गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन । उनले ट्वीटमा लेखेका छन ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com