Logo

फष्ट माइक्रोफाइनान्सले गर्यो १७% लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस लाभांश दिने भएको छ। लघुवित्त कम्पनीले गत आव २०७५/७६ को नाफाबाट १७ प्रतिशत बोनस वितरण गर्न लागेको हो ।

यसका साथै बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ।

 

कम्पनीको साउन २७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले लाभांश वितरण गर्ने भएको हो । ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनिले जनाएको छ ।

राष्ट्र बैंकको स्वीकृती र संस्थाको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई सेयर लाभांश वितरण हुनेछ ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com