Logo

नेपाल विद्युत् प्राधिकरण गर्यो ७ अर्ब २० करोड मुनाफा

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले मंगलवार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०७५/०७६ को उपलब्धि सार्वजनिक गरेको छ ।

उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले गत आवमा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको जानकारी दिइयो । त्यसैगरी अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९० करोड रुपैयाँ मुनाफा गरेको जानकारी दिइयो।

साथै सो अवसरमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले प्राधिकरणले गत आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ रोयल्टी वापत राजस्व तिरेको जानकारी दिए ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com