Logo

चोरीका घटना बढ्यो, देशभर दुई हजार ६४६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताए । “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ”उनको भनाई छ ।

प्रहरीले आर्थिक वर्ष  २०७४/७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com