back
NMB ad

एनएमबिको ओमसँग मर्ज हुने प्रस्ताव पारित

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव अनुमोदन भएको छ ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज हुन लागेको हो । विशेष मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । त्यस्तै ओमले पनि सोमबार विशेष साधारण सभा गरेर मर्ज प्रस्ताव अनुमोदन गरिसकेको छ ।

एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने निर्णय गरिएको छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ । एनएमबिले सेयर ब्रोकरको काम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

एनएमबि र ओमले जेठ २ गते नै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...