Logo

मापदण्ड मिचेर वस्तु उत्पादन गर्ने ७४ उद्योगलाई कारबाही

काठमाडौं । आर्थिक वर्षे २०७५/७६ गुणस्तर तथा नापतौल विभागले ७४ उद्योगलाई कारबाही गरेको छ । तोकेको मापदण्ड मिचेर वस्तु उत्पादन गर्ने उद्योगलाई विभागले कारबाही गरेको हो ।

विभागले विभिन्न निर्माणजन्य उद्योग र खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई कारबारी गरेको जनाएको हो । विभिन्न ७४ उद्योगमध्ये धेरैजसो सिमेन्ट उद्योग र स्टिल उद्योग रहेका छन । विभागको तथ्यांकअनुसार ७४ वटा उद्योगमध्येमा ३० वटा सिमेन्ट उद्योग, १० वटा स्टिल उद्योग र तीनवटा खाने तेल तथा अन्य विभिन्न उद्योग रहेका छन ।

विभागले गत आर्थिक २०७५/७६ वर्ष बारामा रहेको दुई सिमेन्ट उद्योगको प्रिमियम ओपीसीको नमुना संकलन र परीक्षण गर्दा पनि केही कैफियत भेटिएको जनाएको थियो ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com