Logo

सुनको मुल्यमा उत्तारचढाप

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ ।

सुनको भाउ बढेपछि सुन किन्नेको भन्दा पनि बेच्नेको संख्या बढेको छ । भाउ बढ्ने व्यापार नहुनेभएपछि महासंघले नबेच्न अनुरोध गरेको हो ।

नेपाली बजारमा बुधवार सुनको मुल्य ७ सय रुपैयाँले घटेर ७० हजार ३०० मा कारोवार भइरहेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

२०७६ साउन २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com