Logo

भोलि सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छुटटा छुटटै विज्ञप्ति जारी गरी यससम्बन्धमा जानकारी दिएका छन् ।

मुख्यमन्त्री राउतको विज्ञप्तिमा देखिएको छ प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध छन् । मन्त्री यादवको विज्ञप्तिमा साउन ३० गते सार्वजनिक विदा रहेको जनाएका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ ले सार्वजनिक बिदा दिएका थिए ।

२०७६ साउन २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com