Logo

हिमालयन बैंकले २ अर्ब ८४ करोड नाफा कमायो

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्म आइपुग्दा सबै सूचकमा आकर्षक वृद्धि गरेको छ ।

यसअवधिमा बैंकले २ अर्ब ८४ करोड ७० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१.७९प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३ पैसाले बढेर ३३ रुपैयाँ ४१ पैसा पुगेको छ । यसअवधिमा बैंकको चुक्ता पुँजी ४.९९ प्रतिशतले बढेको छ । हिमालयनको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ ।

२०७६ साउन ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com