back
NMB ad

दुधको मूल्य निर्धारणका लागि कार्यदल गठन

Kumari bank ad

काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने भएको छ । मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने सैद्धान्तिक सहमति गरी मूल्य निर्धारणका लागि कार्यदलसमेत गठन गरेको छ ।

राष्ट्रिय दूध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठन भएको कार्यदललाई मन्त्रालयले दूधको मूल्य निर्धारण गर्न नौ बुँदे कार्यविधिसहितको जिम्मेवारी दिएको छ ।

मूल्य निर्धारणका आधारहरू विश्लेषण गरी दूधको मूल्य निर्धारण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण गर्ने, दूध ढुवानी, चिस्यानलगायतका व्यवस्थापकीय खर्च, फ्लस (धेरै दूध उत्पादन हुने समय) तथा सुक्खा (कम दूध उत्पादन हुने समय) सिजनको प्रभावलाई समेत विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्न कार्यविधिमा उल्लेख छ ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाका अनुसार मूल्य वृद्धिका लागि कार्यदलले परिमाणात्मक तथा गुणात्मक आधारमा दूधको गुणस्तरको पनि विश्लेषण गर्नेछ ।

साढे दुई वर्षदेखि दूधको मूल्य नबढेको सहकारीमा आबद्ध किसानले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थिए । सहकारीले प्रतिलिटर १० र डेरी उद्योगीहरूले आठ रुपियाँ मूल्य वृद्धि हुनुपर्ने माग गरेको छन ।

अहिले दूधको मूल्य प्रतिलिटर ४५ देखि ५० रुपियाँ रहेको छ ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार ०८:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...