Logo

उज्यालो भक्तपुरः सडकमा सौर्य बत्ती जडान

भक्तपुर । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो ।

भक्तपुर सूर्य्विनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ ।

सूर्य्विनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान क्रमिक रूपमा नगरपालिकाका १० वटै वडा हुँदै समग्र भक्तपुरमा विस्तार गरिने योजना नगरपालिकाको छ । उज्याले अभियानको सुरुवात गर्दै सांसद महेश बस्नेतले भक्तपुरलाई उज्यालो बनाउने अभियान सुरु भएको घोषणा गरे ।

यसै सातादेखि बालकोटबाट हरियाली प्रवद्र्धन अभियान सुरु भएको र अब गुण्डुबाट उज्यालो अभियान सुरु भएको उनले जानकारी दिए ।

२०७६ साउन ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com