Logo

भारतीय रुपैयाँ अभाव, यस्तो छ करण

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधरणले अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन छाडेका छन।

राष्ट्र बैंकले सर्वसाधरणको सहज पहुँचका लागि वाणिज्य बैंकहरूलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन । नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ ।

कार्डको प्रयोगमार्फत भारतमा भुक्तानी गर्न सकिने भएपनि तीर्थयात्री, विद्यार्थी, उपचार तथा अन्य विविध प्रयोजनले भारत जानेले सानो परिमाणमा भए पनि नगद सटही माग गर्ने गरेका छन । कहिलेकाहीं कार्डले काम गरेन भने अलपत्र नपरियोस् भनेर भारत जानेले केही नगद बोकेर जाने गरेका छन ।

यसका अतिरिक्त नेपालमा न्यून वेतनको काम गर्ने ९ बैंकको प्रयोग नगर्ने भारतीय नागरिकले समेत भारतीय रुपैयाँ सटही माग गर्ने गरेको अन्नपुर्ण पोष्टले खवर छापेको छ ।

२०७६ साउन ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com