Logo

साढे ६ क्विन्टल सुन बैंकमा, मूल्य उच्चः बिक्री शून्य

काठमाडौं । सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ ।

‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो । दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ

सुनको भाउ आकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको देखिन्छ ।

सुनपसल सुनसान देखिएका छन । कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन । बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन, नयाँ पत्रिकामा खवर प्रकाशित छ  ।

२०७६ भदौ १ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com