back
NMB ad

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। गत साताको अन्तिम दिन अर्थात् यही साउन २३ गते एक हजार २३८.५६ मा बन्द भएको थियो। यस साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झर्याे ।

आइतबार कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। यस्तै सोमबार नेप्से परिसूचकमा झिनो अङ्कले सुधार भयो। सो दिन परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भयो। उक्त दिन कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो। सो दिन नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुग्यो। कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँमा खरीद बिक्री भए। बुधबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो। सो दिन परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झर्याे । कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५ हजार एक रुपैयाँमा खरीद बिक्री भए।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो। सो दिन परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुग्यो। परिसूचक घटेसँगै कारोवार रकम पनि औसतमै सीमित रह्यो। कूल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर ४२ करोड ४३ लाख २३ हजार १२८ रुपैयाँमा कारोवार भयो।

साता भर कारोवारका आधारमा दुई जलविद्युत् कम्पनीसहित वाणिज्य बैंकको बोलवाला रह्यो। माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहँदा रसुवागढी जलविद्युत् कम्पनी, लक्ष्मी बैंक, नेपाल बैंक, साञ्जेन जलविद्युत् कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनआइसी एशिया बैंक क्रमशः दश कम्पनीका शेयर कारोवार भए।

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो। नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीमा पर्न सफल भए।

यस साता दुई कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए। सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर लाभांश र नेपाल इन्भेस्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता अर्डिनरी शेयर सूचीकृत भए। रासस

२०७६ भदौ १ मा प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार ०८:३१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...