Logo

मूर्तिकारले कमाउछन वार्षिक पाँच लाखभन्दा बढी

लहान । माटोमा कला निखार्ने देवी देवताको स्वरुप उतार्ने मूर्तिकलाकार कुम्हार जातिले वर्षको नौमहिना मूर्ति बनाएर पाँचलाख रुपियाँ आम्दानी गर्न भ्याइरहेको छ ।

प्रदेश २ का जिल्लामा हिन्दुले मनाउने विभिन्न पर्व र यज्ञहरुमा मूर्ति बनाउने कलाकारले राम्रो आम्दानी गरिरहेका छन ।
कृष्णाजन्मष्टमीको लागि लहानको लोकतान्त्रिक चोकमा कृष्णको मूर्ति बनाउन व्यस्त बलरामका अनुसार न्यूनतम २५ हजार र अधिकतम एकलाख रुपियाँसम्म मूर्ति पर्दछ ।

ऋतु अनुसार चारमहिना त भ्याई न भ्याई हुन्छ । बाँकी पाँच महिनामा कामको चाप कम रहन्छ । विदेशको कमाई आफ्नै गाँउ ठाँउमा हुने गरेकाले कहिले पनि विदेश जाने रहर नभएको उनले बताए ।

लहान ४ र ८ वडामा रहेको दुईसय घरपरिवार कुम्हार जातिको रहेको छ । त्यस जातिका अधिकांश युवा यस्तै मूर्ति र माटोजन्य भाडा बनाएर राम्रो कमाई गरिरहेका छन ।(गोरखापत्र बाट)

२०७६ साउन ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com