back
NMB ad

कानुन भन्दा माथि पत्रकारीता हुन सक्दैनः मन्त्री बास्कोटा

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले देशमा कानुन भन्दा माथि पत्रकारिता पनि नभएको बताए ।

बागलुङ बाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकको १६ औ बार्षिकोत्सव तथा संघीयतामा समृद्धि बिययक बहस कार्यक्रमको उद्घाटन गर्दै मन्त्रि बास्कोटाले राज्यको परिवर्तन जे गरियो त्यो अनुसारको निती हुनुपर्ने अब समृद्धि कुनै दलको नारा नरहेको बताएका हुन ।

साथै मन्त्री बास्कोटाले ढोरपाटनको अस्तित्व मेटिने गरि हाइड्रोपावर बनाउने कुरा चलिरहेको छ त्यो साच्चै हो भने त्यो ठिक नहुनेम जोड दिए ।कुनै पनि ठाउँमा बिकास गर्दा त्यहा भएको संरचना नभत्किने गरेर गर्नुपर्ने बास्कोटाले भने । करिडोर देशको भबिस्य भएकाले यसलाई मित्रताको भावना राखेर जानसक्ने हुनुपर्ने उनले बताए ।

अहिलेको शिक्षा ब्यबहारिक नभएको कारणले हामी पछाडि परेको उनले भने हाम्रो नेपाली रोगगारीको लागि बिदेश जान्छौं तर भारतीय नेपालमा आएर यहीँबाट अरबौ रूपैया लग्छन् हामीले कामलाई चिन्न नसकेको मन्त्रीले भने । समृद्धिको स्वाद नेपाली खाने बेला आएको उनले बताए ।

कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेल, सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट, नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगर, पोखरा महानगर पालिकाका प्रवक्ता धनबहादुर परियार लगायतका बक्ताहरूले संघीयता समृद्धिको चाहिने तत्वहरू खोजेर जान सकेको खण्डमा हामी लक्ष्यमा पुग्न सक्ने धारणा राखेका थिए ।

पत्रिकाको बार्षिकोत्सवमा बागलुङ बाट २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिकाका सम्पादक ओमकार प्रसाद गौचन लाई सम्मान गरिएको थियोे ।

चितवनमा दुई दिन देखि चलेको आन्दोलन अहिले भएको राजनीति लाई असफल बनाउने खेल भएको कार्यक्रममा बक्ताहरूले भने ।

मिडिया काउन्सिल बिधेयक अहिलेसम्म टुंगो लागेको छैन अहिले पनि छलफलमा रहेको धारणा समेत राखेका थिए, चाडो भन्दा चाडो फास्ट ट्रायक बाट प्रेस कानुन ल्याउन समेत सुचना मन्त्रीलाई अनुरोध गरेका थिए । क्लिन फिड सम्बन्धि कुरा बाहिर ल्याएपनि त्यसलाई भने ठिक ढंगले अगाडि जान नसकेको धारणा राखेका थिए ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...