back
NMB ad

जलविद्युत् कम्पनीकोे शेयर दयनीय बन्नुको खास कारण यस्तो छ !

Kumari bank ad

काठमाण्डौ । आम रूपमा शेयर बजारमा उच्च प्रतिफल कमाउनका लागि नै लगानी गर्ने गरिन्छ । तर, बजारमा कारोबार भएका केही कम्पनीको अवस्था हेर्ने हो भने अवस्था खराब रहेको देखिन्छ । प्रतिफल कमाउनका लागि गरिएको लगानीसमेत घटेर न्यून विन्दुमा पुगेको छ ।

प्रतिफल त परको कुरा लगानी गरिएको रकमसमेत घटेका छन् । बजार निरन्तर ओरालो लागिरहेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा १५९ कम्पनीका शेयर कारोबार भए । निरन्तर ओरालो लागेको बजार बिहीबार एक हजार २२४ विन्दुमा ओर्लिएको छ । बजार घट्ने क्रममा सबै उपसमूहको शेयर ओरालो लागेका छन।

त्यसै क्रममा जलविद्युत् उपसमूहका शेयरसमेत ओरालो लागेको छ । स्टकका अनुसार जलविद्युत् उपसमूहका कूल ३२ कम्पनी सूचीकृत छन ।

ती कम्पनीमध्ये अधिकाशंको शेयर आरोलो लागेको छ । कुनै समय नेपालको शेयर बजारको आकर्षक मानिएको चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्यसमेत ओरालो लागेर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको छ । जलविद्युत् उपसमूहमध्ये सबैभन्दा बढी मूल्य भएको कम्पनीसमेत चिलिमे नै रहेको छ । एकाध कम्पनीको बाहेक धेरैजसो जलविद्युत् कम्पनीको शेयर आरोलो लागेका छन् ।

स्टकको विवरणअनुसार कूल ३२ जलविद्युत् कम्पनीमध्ये १३ कम्पनीको शेयर आधारभूत मूल्य भन्दा निक्कै तल रहेको छ । साधारण शेयर खरिद गर्ने लगानीकर्ताले तिरेको मूल्यसमेत ओरालो लागेर घाटा खाएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता ६६ रुपैयाँमा कारोवार भएको छ ।

यस्तै बरुण हाइड्रोपावर ९० रुपैयाँ , छयाङ्दी ८२ रुपैयाँ, दिव्यश्वरी हाइड्रोपावर ६१ रुपैयाँ, घलेम्दी हाइड्रोपावर ८३ रुपैयाँ र जोशी हाइड्रोपावरको शेयर ७० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै कालिका पावर ८७ रुपैयाँ, खानीखोला हाइड्रोपावर ६३ रुपैयाँ, नेशनल हाइड्रोपावर ६२ रुपैयाँ र रिडी हाइड्रोपावरको शेयर प्रतिकित्ता ९० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबारको बजारको आधारमा हेर्दा सबैभन्दा कम मूल्य भएको जलविद्युत् कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ । त्यस्तै सिनर्जी पावर ८६ रुपैयाँ, युनियन हाइड्रोपावर ६६ रुपैयाँ र युनिभर्सल हाइड्रोपावर कम्पनीको शेयर प्रतिकित्तिा ८३ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै केही जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा माथि भए पनि लगानीकर्तालाई भने नाफा दिने अवस्था रहेको देखिँदैन । करिब आधारभूत मूल्य र त्यसभन्दा माथि रहेका कम्पनीमा नेपाल हाइड्रो ११६ रुपैयाँ, ङादी ग्रुप अफ पावर ११२ रुपैयाँ, युनाइटेड मोदी १०७ रुपैयाँ, अरुण भ्याली १०३ रुपैयाँ, अपि पावर १३१ रुपैयाँ, हिमालन ऊर्जा १२९ रुपैयाँ, हिमालयन पावर पाटर्नर १६२ रुपैयाँ, पञ्चकन्या माई १०१ रुपैयाँ, पाँचथर पावर ११६ रुपैयाँ, राधी विद्युत् कम्पनी १४२ रुपैयाँ र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता १०५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, रसुवागढी जलविद्युत् कम्पनी २१० रुपैयाँ, साञ्जेन जलविद्युत् कम्पनी २२२ रुपैयाँ, माथिल्लो तामाकोशी २६१ रुपैयाँ, चिलिमे जलविद्युत् कम्पनी ४७२ रुपैयाँ र बुटवल पावर कम्पनी ३९६ रुपैयाँमा कारोबार भएको छ । अधिकाशं जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ताले नराम्ररी घाटा खाएका छन।

कारण के त ? शेयर बजारबारे विश्लेषण गर्दै आउनुभएका प्रकाश तिवारीलाई ’किन यसरी घाटामा परिरहेका छन् लगानीकर्ता ?’ भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो ’लगानी अनुसारको प्रतिफल घट्दै गएका कारण पनि अवस्था त्यस्तो आएको हो ।’ उहाँले जलविद्युत् कम्पनीको समग्र विषयमा जाँच पड्ताल गर्न उच्चस्तरीय नियमक निकायको जरुरी भइसकेको बताउनुभयो ।

केही जलविद्युत् कम्पनीले त वर्षभरि नै कमाएको रकम आन्तरिक रूपमा नै खर्च हुने भएकाले शेयरधनीलाई वितरण गर्नसक्ने अवस्था नै छैन । साना जलविद्युत् आयोजनाको प्रतिवर्ष उत्पादन घट्ने र कमाइसमेत कम हुने गरेको छ ।

तिवारीका अनुसार बजार घटेका बेला अन्य उपसमूह जस्तै जलविद्युत् कम्पनीको शेयर पनि ओरालो लागेको जस्तो देखिए पनि अवस्था त्यत्तिमात्रै नभएको पाइएको छ । रासस

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...