back
NMB ad

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने

Kumari bank ad

काठमाडौँ । कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरुले बताएका छन् । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै कवाडी व्यवसायीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताए । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरु पलायन हुने र लाखौँको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव दिए । उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरे ।

संघका सचिव शुक्र बहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरुले स्वरोजगार र राज्यलाई कर तिरिरहेकोले राज्यले उचित सम्मान गर्नु पर्ने बताए । व्यवसायीहरु एकजुट हुन नसक्दा काम गर्न असहज भइरहेको बताउँदै उनले नेपाल सरकार स्थानीय तहको नीति तथा कार्यक्रमले कवाडी व्यवसायीहरुलाई सम्बोधन गर्नु पर्ने र त्यसकालागि दबाब दिने पनि बताए । एक्लै केही गर्न नसकिने बताउँदै उनले एउटै छातामुनि बसेर काम गर्न व्यवसायीहरुलाई आग्रह गरे । आफ्ना माग र गरिखाने वातावरण बनाउने विषयमा सम्बन्धित निकायले ध्यान नदिएमा आन्दोलन गर्न पनि संघ तयार रहेको भन्दै उनले व्यवसायीलाई साथ दिन र सहयोग गर्न आग्रह गरे । उनले कवाडी व्यवसायीहरुको हकहीत र अधिकारकोलागि संघर्ष गर्दै संघले २९ वर्ष व्यतित गरेको बताए । कवाडी व्यवसायीहरुको हितको लागि आफू लागिपरेको बताउँदै उनले आगामी दिनमा आफ्नो भूमिका अझ सशक्त बनाउने बताए ।

संघको काठमाडौँ जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरु साना व्यवसायी भएकोले सरकारले सोही अनुसार व्यवहार गर्नु पर्ने बताए । ठूला व्यवसायीहरुले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उनले बताए । यो अवस्था चिर्दै गरिखाने वातावरण बनाउन आवश्यक रहेको रहेको उनले बताए ।

संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानूनले व्यवसायीहरु मारमा परेको उल्लेख गरे । कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उनले उल्लेख गरे । कवाडी मजदुर व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै सिलवालले आफ्नो व्यवसाय र रोजगारी बचाउन लाग्नु पर्ने उल्लेख गरे । सरकारले कवाडी व्यवसायीमाथि लगाएको १३ प्रतिशत भ्याटको निर्णय तत्काल फिर्ता गर्न माग पनि गरे । यसको विरुद्धमा व्यवसायीहरु सडकमा आउन पनि तयार रहेको भन्दै त्यसको सामना गर्न उनले सरकारलाई चेतावनी दिए ।

नेपालमा आफ्नो अधिकार प्राप्तिको लागि लड्नै पर्ने बाध्यता रहेको बताउँदै नेपाल आम आद्मी पार्टीकी कोषाध्यक्ष मधुमाया यादवले कवाडी व्यवसायमा १३ प्रतिशत भ्याट लगाउनु ठीक नभएको बताइन् । यो मजदुरको घाँटी च्याप्ने काम भएको भन्दै यसको विरुद्धमा आवाज उठाउन आम आद्मी पार्टी मजदुरको पक्षमा रहेको उनले बताइन् ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १२:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...