back
NMB ad

कवाडी व्यवसायीहरुलाई रमेश खरेलको आग्रह ‘अब कवाडी मात्रै होइन देशकै फोहर टिपेर फाल्नुहोस्’

Kumari bank ad

काठमाडौँ ।  नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक रमेश खरेलले कवाडी मात्रै होइन देशकै फोहर टिपेर फाल्न कवाडी व्यवसायीहरुलाई आग्रह गरे । शनिबार काठमाडौँको बालाजुमा सम्पन्न नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वनायव महानिरीक्षक खरेलले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्ने कार्यमा लागि पर्न आग्रह गरेका हुन् ।

‘देश सफा, स्वच्छ, सुन्दर हुन तपाईंहरुको ठूलो हात छ’ उनले भने, ‘योसँगै तपाईंहरुलाई अर्को पनि जिम्मेवारी थपिएको छ । तपाईंहरुले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्नुपर्छ । तपाईंहरु यसमा पनि सहभागी हुनुहोस् ।’ देशमा भएका विकृति विसङ्गति, भ्रष्टाचार, अपराध नियन्त्रणमा पनि कवाडी व्यवसायीहरुको योगदान हुनुपर्ने उनले बताए । उनले भने, ‘अब कवाडी टिप्ने मात्रै होइन देशको हरेक प्रकारको फोहर पनि टिपेर फाल्न लागिपर्नुहोस् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका खरेलले कवाडी व्यवसायीहरुले देशकोलागि ठूलो बलिदान र योगदान गरेको उल्लेख गरे । आफूले २९ वर्ष नेपाल प्रहरीमा जागिर खाँदा कवाडी व्यवसायीसँग् नियमित भेटघाट, छलफल र सहकार्य गरेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई आफूले निरन्तरता दिने बताए । व्यवसायीको साथमा संघ छ र संघको साथमा म छु भन्दै खरेलले देशको नागरिकको हैसियतले के दिन सकिन्छ इमान्दारीपूर्वक दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

त्यसको लागि आफू पनि सक्षम र अनुशासित हुनु पर्ने खरेलले उल्लेख गरे । नेपालको संविधान र कानुनले के अधिकार दिएको छ त्यो बुझ्न जरुरी रहेको बताउँदै उनले आफ्ना कर्तव्य पनि भुल्न नहुने उल्लेख गरे । कवाडी व्यवसायीलाई आफूले उच्च दर्जाको नागरिक ठानेको उनले बताए । यो देशको नागरिक र देशका कुना कुना पुगेको नागरिकको हैसियतले आफूले देखेको, बुझेको, जानेको कुरा नेपाल प्रहरीलाई सेयर गरेर सहकार्य गर्न पनि उनले आग्रह गरे । आफू हाल नेपाल प्रहरीमा नभए पनि एक नेपाली नागरिकको हैसियतले कवाडी व्यवसायीहरुलाई सहयोग गर्न तत्पर रहेको बताए ।

साधारण सभामा नेपाल कवाडी मजदुर संघको काठमाडौँ जिल्ला समिति र गंगबु र कालिमाटी क्षेत्रीय समिति पनि गठन गरिएको थियो ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १२:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...