back
NMB ad

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

Kumari bank ad

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन ।

ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताए ।

बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरे । अश्रुपुरित स्वरमा उनले भने, मेरो केही रहेन । अब के गर्ने होला ?

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको थिएन । तर थुप्रै मानिस घाइते भएका छन ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना थियो भने । निकै भिडभाड भएको यस बस्तीमा १० हजारभन्दा बढी मजदूरको आश्रय थियो । बस्तीसँगै रहेको स्कुल पनि ईदका कारण पाँच दिनका लागि छुट्टी थियो ।

‘हामीले बस्तीमा रहेका मानिसलाई खाना, पानी, घुम्ती शौचालय, र बिजुलीको आपूर्ति व्यवस्था गरेका छौं,’ मिरपुर नगरका कर्मचारी शफिउल आजमले बताए । उनले बस्तीका मानिसलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिए ।

केही परिवारले भने मनसुनी वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन्, तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे भएको छ । विज्ञहरुका भनाईमा सुरक्षा व्यवस्थामा कडाई नगरिएका कारण बंगलादेशमा आगलागीका घटना भइरहने गरेका छन् । यसै वर्षमात्र भवनहरुमा भएको आगलागीबाट कम्तीमा १०० जनाको ज्यान गइसकेको छ ।

सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो । उक्त घटना पश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरबाहीका कारण मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो ।

सन् २०१० मा निम्तोलीको बस्तीमा भएको अर्को त्यस्तै भिषण आगलागीबाट १२३ जनाको ज्यान गएको थियो । –रासस/एएफपी

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...