back
NMB ad

अब थाइल्यान्ड घुम्न जान भिसा लिनु नपर्ने, कुन–कुन देशका लागि छ यो सुविधा हेर्नुहोस् !

Kumari bank ad

काठमाण्डौ । थाइल्यान्ड सरकारले आफ्नो देशमा घुम्न आउने विदेशी पर्यटकका लागि भिसा लगाउनु नपर्ने नीति ल्याउन लागेको हो ।

थाइल्यान्डले १६ दिने भिसामुक्ता नीति लागू गर्न लागेको हो । यो योजना लागू भएमा थाइल्यान्ड जाने पर्यटकले भिसा लगाइराख्नुपर्ने छैन ।

हाल यो नीति पारित गर्न थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयले क्याबिनेटमा पठाएको छ । थाइल्यान्डका पर्यटन तथा खेलकुदमन्त्री पिपत रचागितप्रगनका अनुसार क्याबिनेटबाट स्वीकृति हुनेबित्तिकै आउँदो नोभेम्बर १ बाट भिसामुक्त नीति लागू हुनेछ ।

हाललाई यो नीति थाइल्यान्ड घुम्न जाने भारतीय र चिनियाँ पर्यटकका लागि मात्र लागू हुने मन्त्री रचागितप्रगनले जानकारी दिनुभयो ।

यो भिजा नीति सन् २०२० को अक्टुबरसम्म लागू हुनेछ । थाल्यान्डमा पर्यटन सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । थाइलान्डमा वर्षेनि ठूलो संख्यामा भारतीय र चिनियाँ पर्यटक घुम्नका लागि जाने गरेका छन ।

उता भारतमा पनि विदेशी पर्यटकलाई आकर्षित गर्न नयाँ नीति ल्याउन लागिएको छ । सन् २०२० सम्म २ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन मन्त्रालयले भारतका प्रमुख पर्यटकीय स्थलहरुमा विदेशी भाषामा साइन बोर्ड राख्ने, ई–भिसा आवेदनको अवधि क मगर्ने र भिसा शुल्कमा पनि कमी गर्ने योजना बनाइरहेको छ । –एजेन्सी

२०७६ भदौ १ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ १ आइतवार १५:१५ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...