Logo

एक आर्थिक वर्षमा २४ करोडभन्दा बढी बेरुजु

ओखलढुंगा । ओखलढुंगाका आठ स्थानीय तहमा एक आर्थिक वर्षमा २४ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखाको प्रतिवेदनले २०७४र७५ मा आठ स्थानीय तहको बेरुजु २४ करोड ९ लाख ५ हजार देखाएको हो ।

बेरुजु लेखिएको २४ करोड ९ लाख ५ हजारमध्ये १ करोड ५८ लाख ८३ हजार असुल उपर गर्नुपर्ने, ७ करोड ११ लाख ५९ हजार नियमित गर्नुपर्ने, ९ करोड ७५ लाख ७ हजारको कागज पेस गर्नुपर्नेछ ।

महालेखा परीक्षकको प्रतिवेदनमा बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाई नराखेको, गाउँसभा तथा नगरसभाको निर्णय बेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्यांकन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको लगायत त्रुटी प्रतिवदेनमा देखाइएको छ । (अन्नपुर्ण पोष्टबाट)

२०७६ भदौ १ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com