Logo

बोक्सीको आरोपमा महिलालाई मानव मलमूत्र खुवाइयो !

महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएका छन ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवार लगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीघटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको थियो । अहिले पीडित महिलालाई उद्धार गरी उपचारका लागि अस्तपताल पठाइएको छ ।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

२०७६ भदौ १ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com