back
NMB ad

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन ।

पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई हार्दिक स्वागतसहितको ठूलो प्रचार सामग्रीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिलालगायतका पर्यटकीयस्थलमा प्रचार सामग्री राखिएका छन् । पर्यटकलाई पर्यटकीयस्थलबारे सहजरूपमा जानकारी गराउन र गन्तव्यमा सहजरूपमा पुग्नका लागि प्रचार सामग्री राखेका छौँ, नगरप्रमुख सुरेन्द्रबहादुर विष्टले भन्नुभयो, “ती प्रचार सामग्रीमा पर्यटकीयस्थलको नाम, विशेषतालगायतका जानकारी दिएका छौँ ।”

नेपाल भ्रमण वर्षको प्रचार–प्रसार र पूर्वाधार निर्माणकार्य अगाडि बढाइएपछि पर्यटक बढ्ने अपेक्षा गरिएको उहाँले राससलाई बताउनुभयो । नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

नेपाल भ्रमण वर्ष सफल बनाउन गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको महोत्सवमा दुई हजार पर्यटकले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका थिए । यो सङ्ख्या निकुञ्जकै इतिहासमा अहिलेसम्मकै ठूलो हो ।

बाह्रसिङ्गको झुण्डले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटनका क्षेत्रमा खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिन्छ । निकुञ्जको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकसमेत निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा बसेको थियो । भीमदत्त नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटनमार्ग निर्माणकार्य शुरु गरिएको छ । यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन् ।

भीमदत्त नगरपालिका–९ मा पर्ने झिलमिला तालसम्म जान पक्की सडक निर्माण गरिएको छ । पर्यटकहरुले ताराकोटसम्म गाडीमा त्यहाँबाट झण्डै एक किलोमिटर टाढा तालसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । ताराकोटमा पिकनिक स्पट बनाउने नगरपालिकाको योजना छ । ब्रह्मदेवदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

नगरपालिकाका उत्तरी क्षेत्रका धार्मिक पर्यटकीयस्थललाई एकापसमा जोड्न धार्मिक पर्यटनमार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मेदवसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेवको सिद्धनाथ मन्दिरलाई एकापसमा जोडिएका छन् ।

नगरपालिकाको वडा नं १ बाराकुण्डाका सबै १२ कुण्डलाई पुनःभरण गरी पर्यटकीय गन्तव्य बनाइएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी झोलुङ्गे पुल सौन्र्दयीकरणका लागि सौर्यबत्ती जडान गरिएको छ । भीमदत्त नगरपालिका वडा नं १४ स्थित राना–थारू घरबासमा सङ्ग्राहलय बनाउन सहयोग गरिएको छ ।

झोलुङ्गे पुल नजिक उद्यान निर्माणकार्य अघि बढेको छ । झिलमिलातालको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ । चुरे क्षेत्रमा पर्ने कालिताल झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बाटो निर्माण गरिएको छ । ब्रह्मदेवको खल्लास्थित ५२ ढोकालाई संरक्षणका लागि तारबार गरिएको छ । -रासस

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...