Logo

वर्षमा साढे ३४ अर्बको सुन आयात

काठमाडौं । बढ्दो सुनको मूल्यले बजारमा यसको आयातलाई भने कुनै असर गरेको दैखिँदैन । भाउ अकासिँदै गर्दा आयातमा शिथिलता आउनुपर्नेमा अझ बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आवमा ३४ अर्ब ६१ करोड रुपैयाँबराबरको सात हजार चार सय ९३ केजी सुन आयात भएको थियो ।

अघिल्लो आव ०७४/७५ मा भने ३१ अर्ब ९७ करोड रुपैयाँबराबरको सात हजार दुई सय ३२ केजी सुन आयात भएको थियो ।

गत वर्ष आयातको तुलनामा साढे तीन प्रतिशत बढीले सुन आयात भएको हो । रुपैयाँमा तुलना गर्ने हो भने आव ०७४/७५ को तुलनामा ०७५/७६ मा आठ प्रतिशतले बढी आयात भयो ।

आव ०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँबराबरको पाँच हजार चार सय ५० केजी सुन आयात भएको थियो । आव ०७२/७३ मा १६ अर्ब सात करोड रुपैयाँबराबरको ४ हजार १ सय ६५ केजी भित्रिएको थियो ।

२०७६ भदौ १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com