back
NMB ad

कुलमानको योजनाः सबै जिल्लामा विद्युत् , चालुु आर्थिक वर्षमै ८ अर्ब मुनाफा

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतीको सामना गर्दे जाने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पार्नुभयो ।

गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दैे चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी समेत गर्नुभयो ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ०७:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...