Logo

भदौ १० देखि भृकुटी मण्डपमा ‘नाडा अटो सो’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ १० गतेदेखि नाडा अटो शो हुने भएको छ । सोमा ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने सामाग्री रहने छ ।

राजधानीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो सो को १४ औं संस्करणमा सवारी साधन वाहेक लुब्रिकेन्ट, टायर, एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहने जानकारी गराउनुभयो ।

मेलामा २३ वटा ब्राण्डका चारपाँग्रे सवारीसाधनको स्टल, १९ वटा ब्राण्डका दुई पाँग्रे सवारीसाधन, नौवटा ब्राण्डका टायर, पाँचवटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपुर्जा र १३ वटा वित्तिय संस्थाह?को स्टल रहने छ । मेला भदौ १५ गतेसम्म सञ्चालन हुने छ ।

अवलोकनकर्तालाई सहज हुनेगरी प्रवन्ध मिलाइएको आयोजकले जनाएको छ । मेला आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज बनाउन लागिएको मेला संयोजक निराकार श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा विभिन्न कम्पनीहरूले सवारी साधन बिक्रीमा भारी छुट दिने तयारी गरेका छन ।

२०७६ भदौ २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com