रसुवा । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा रसुवाको बेलिब्रिज बगाएको छ । अचानक आएको बाढीले टिमुरे लगायत त्रिशुली नदी छेउका बस्तीहरुको जनजीवन प्रभावित हुनुका साथै त्रास बढेको छ ।
राति करिब नौ बजेबाट बाढी उर्लिएपछी प्रशासनको सूचनामा नदि आसपासका सबै सुरक्षित स्थानमा सरेकोले कुनै मानवीय क्षति भने हुन पाएन । रसुवा भन्सार याडमा भन्सार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राति नै सारिएको छ ।
(
२०७६ भदौ २ गते प्रकाशित
वि.सं.२०७६ भदौ २ सोमवार ११:०३ मा प्रकाशित