back
NMB ad

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

Kumari bank ad

मकवानपुर । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ ।

तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गएको वैशाखमा ठेक्का तोडेको हो ।

आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने शुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताउनुभयोे ।

विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिनुभयो ।

विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का आह्वान हुने उहाँको भनाइ छ । हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सन् २००९ मार्च ९ मा दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरिएको थियो ।

प्राधिकरणले उक्त कम्पनीलाई ११ पटकसम्म म्याद थप गर्दा पनि काम भने सम्पन्न हुनसकेन । एक अर्ब ६० करोडमा काम शुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख जैसवालले जानकारी दिनुभयो ।

प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको छ । एक वर्ष्भित्र सम्पन्न गर्ने गरी एक अर्ब ३९ करोड रुपैयाँ बराबरको ठेक्का निकाल्ने तयारी भएको आयोजनाले जनाएको छ ।

आयोजनाको भरतपुर–बर्दघाट क्षेत्रको काम भने तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनको काम ५० प्रतिशत सकिएको बताइएको छ । उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले लिएको छ ।

५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालू आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ । कामको प्रगति निकै सन्तोषजनक रहेको बताउँदै जैसवालले काम थालेको एक वर्षमा नै ५० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

भरतपुर–बर्दघाट खण्डको २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउण्डेशन सकिएको र दशवटाको फाउण्डेशनको काम जारी रहेको आयोजनाले जनाएको छ । १८ महीनामा कामसक्ने गरी २०७५ साउनमा हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग प्राधिकरणले सम्झौता गरेको थियो ।

विसं २०७६ माघसम्म कम्पनीको समय बाँकी नै छ । अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या नदेखिएको आयोजना प्रमुख जैसवालले जानकारी दिनुभयो ।

यसैगरी विश्व बैंकको सहयोगमा हेटौँडा–११ थानार्भयाङमा प्रसारण लाइनका लागि सबस्टेशन निर्माणको काम पनि धमाधम भइरहेको छ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभिएका लागि सबस्टेशन निर्माणको काम पनि भइरहेको छ । -रासस

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...