Logo

भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालन, भाडा अन्यको भन्दा २५% सम्म सस्तो

काठमाडौं । सुन्दर यातायात प्रालिले आगामी साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । सम्पूर्ण तयारी पूरा भएकाले अर्को साता सञ्चालन गरिसक्ने कम्पनीले जानकारी दिएको छ ।

९ गतेभित्र बस सञ्चालनको योजना रहेकोमा अन्य केही कारणले मिति सरे पनि दोस्रो साता ननाघ्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।

कम्पनीले चिनियाँ कम्पनी बीएकेले उत्पादन गरेका सात बस सञ्चालन गर्न लागेको हो । कम्पनीका दुईओटा बस यसअघि नै नेपाल आइसकेका छन ।

यस्तै पाँचओटा बस आइतवार कोलकाता आइपुगेकाले केही दिनमै नेपाल भित्रने कम्पनीले जनाएको छ । यी बस सञ्चालन भएको १ महीनाभित्र थप ११ ओटा बसबाट सेवा दिइने थापाले  जानकारी भयो ।

उक्त बसको भाडा अन्य सार्वजनिक यातायातको भन्दा २५ प्रतिशतसम्म सस्तो हुने कम्पनीको दाबी छ । कम्पनीले कार्डमार्फत भाडा तिर्न मिल्ने व्यवस्था गर्ने भएको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com