back
NMB ad

पर्याप्त पानी नपरेका कारण म्याग्दीमा १० हेक्टर जमीनमा धान रोपाइँ हुन सकेन

Kumari bank ad

म्याग्दी । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।

हालसम्म जिल्लाभर कूल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जमीनमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको कूल क्षेत्रफल दुई लाख २९ हजार ७०६ हेक्टर रहेकामा कूल खेतीयोग्य जमीन ३० हजार ८५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ ।

त्यसमध्ये १९ हजार ४८३ हेक्टर अर्थात् आठ दशमलव चार प्रतिशत क्षेत्रफलमा खेती गरिएकामा तीन हजार ८९८ हेक्टर जमीनमा मात्रै धानखेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरो र भू–क्षयबाट ११ हेक्टर जमीन नोक्सान भएको छ भने एक हजार ६८१ हेक्टर अर्थात् आठ दशमलव छ प्रतिशत जमीन मात्रै बाह्रै महीना सिञ्चित हुने गरेको छ ।
यसैगरी चार हजार ३२५ हेक्टर अर्थात् २२ दशमलव एक प्रतिशत मौसमी सिञ्चित जमीन रहेकामा ७५ हेक्टर जमीन बाँझै छ ।
म्याग्दीका कूल कृषक परिवार संख्या २२ हजार ४८० रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये तीन हेक्टर क्षेत्रफलको जमीन रियलस्टेटले ढाकेको छ ।

पछिल्लोे जनगणनाअनुसार म्याग्दीको कूल एक लाख १३ हजार ६४१ जनसङ्ख्यामध्ये ८९ हजार ९२० अर्थात् ८२ दशमलव दुई प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ ।

गत वर्ष कूल धानखेती हुने जमीन सबैमा खेती गरिएकामा यस वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हेक्टर जमीन बाँझै रहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो ।

धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा समेत छिट्टै रोपाइँ हुनुपर्ने भए पनि यस वर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाइँ भएको थियो ।

समयमै पानी नपर्नु, सिँचाइको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाइँ नभएको किसान बताउँछन् । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबूढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ । -रासस

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०९:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...