Logo

सम्पत्तिको प्रमाणपत्र अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको सुरुवात

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको सुरूआत गरेको छ ।

ललितपुर उद्योग वाणिज्य संघले भदौ १ गतेदेखि पूर्णरूपमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने पूर्वयोजनाअनुसार उक्त कार्यको सुरूआत गरेको महासंघले जनाएको हो ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई व्यवस्थित, प्रभावकारी, प्रविधियुक्त बनाउने र सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले अनलाइन प्रविधिबाट जारी गर्ने कार्यको सुरुआत गरिएको महासंघले जनाएको छ ।

हासंघले अब विस्तारै भक्तपुर, काठमाडौं र सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाटसमेत अनलाइनबाटै जारी गर्ने कार्य गर्ने जनाएको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com