Logo

फेसबुकमा खुकुरी देखाउँदै प्रधानमन्त्री लगायतका नेता काट्छु भन्ने सागर मैनाली पक्राउ

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने एक युवा पक्राउ परेका छन ।
भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुुुुुुुुुुुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो । पत्रकार शालिकराम पुडासैनी हत्याप्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बोलेपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै काट्ने धम्कीसहितको भिडियो पोस्ट गरेका थिए ।

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com