back
NMB ad

नागार्जुन नगरपालिकामा तीन करोडको वडा कार्यालय भवन शिलन्यास

Kumari bank ad

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. २ को वडा कार्यालयको आफ्नै भवन शुक्रवार शिलन्यास गरिएको छ ।

एक वर्षभित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाको २ नं. वडा कार्यालय भनव शिलन्याश गरिएको हो । वडा नं. २ स्थित तीनघरेमा तीन करोड रुपियाँ लागतमा भवन निर्माण हुन लागेको हो ।

वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउनुभयो ।

यस वर्षभित्र चारवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य नगरपालिकाले लिएको जानकारी दिदै उहाँले क्रमिक रुपमा सबै वडा कार्यालयको भवन बनाउँदै जाने बताउनुभयो ।

प्रमुख बस्नेतले सेवाग्राहीको चहाना अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट गर्नुभयो ।

समायोजित कर्मचारी नगरपाकिलामा आउने क्रम जारी रहेको र नगरपालिकाले ऐन, नियम र कार्यविधि निर्माण प्रक्रियालाई समेत तिब्ररुपमा अगाडि बढाएकाले अब क्रमिक रुपमा सेवा प्रवाह झनै प्रभावकारी हुने प्रमुख बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले सार्वजनिक जमिन संरक्षण गरी उक्त स्थानमा सार्वजनिक महत्वका पूर्वाधार निर्माण गर्ने क्रम अगाडि बढाएको भन्दै उहाँले अहिलेसम्म नगरपालिकाले ४० हजार फलफूलका बिरुवा स्थानीय किसानलाई वितरण गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई सँगसँगै अगाडि बढाएको बताउनुभयो ।

निर्धारित समयभित्रै काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गर्दै उहाँले सुशासन, पारदर्शिता र सदाचारका विषयलाई नगरपालिकाले उच्च प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता थुमराज केसीले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा पूर्व प्रधानन्यायधिश मुक्ति प्रधान र समाजसेवी विदुर धमला लगायतले कार्यालय भवन निर्माण गर्ने सवालमा आफूहरुको साथ र सहयोग हुने बताउनुभयो ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १५:३७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...