back
NMB ad

भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास निर्माण हुने

Kumari bank ad

काठमाडौं । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ ।

सो स्थानमा निवाससँगै, बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सामाजिक कार्यका लागि हल र सपिङ सेन्टरलगायतका सुविधासहितको मन्त्री निवास निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

पुल्चोकस्थित मन्त्री निवासका भवन साघुँरा र जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

निर्माण शुरु भएपछि दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको विशेष भवन निर्माण एकाइका प्रमुख प्रकीर्ण तुलाधरले बताउनुभयो । परिसरमा ९६ रोपनी १० आना क्षेत्रफलमा ३३ वटा भवन निर्माण गरिने भएको छ ।

मन्त्रिपरिषद्को गत मङ्सिरमा बसेको बैठकले सैंबुमा मन्त्री निवास निर्माणको निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विभागले आवास निर्माणको डिजाइन तयार गरेको थियो ।

नेपाली परम्परागत मौलिकता झल्कने गरी डिजाइन तयार गरिएको प्रमुख तुलाधरले बताउनुभयो । परिसरमा निर्माण हुने प्रत्येक भवन साढे दुई तलाका हुने बताइएको छ ।

प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार निर्माण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा प्रवेशद्वार सार्वजनिक र अर्काे निजी हुनेछ ।”

परिसरमा २४ मन्त्रीका लागि २४ वटै निवास, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि एउटा/एउटा निवास निर्माण हुनेछन ।

शहरी विकास तथा भवन निर्माण विभाग कार्यालय भवन, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सुरक्षा जवानको निवास लगायतका पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो । आवासका लागि छुट्याइएको कूल क्षेत्रलफलमध्ये करीब १२ रोपनी भवनले ओगट्नेछ ।

करीब ३८ रोपनी क्षेत्रफल खुल्ला हरियाली क्षेत्रका लागि छुट्याएको छ । झण्डै २१ रोपनी जग्गा आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ भने ११ रोपनीमा हेल्थ क्लब बन्ने बताइएको छ ।

सामुदायिक हलका लागि सात आना जग्गा रहेको विभागले जनाएको छ । परिसर व्यवस्थापन कार्यालयका लागि तीन आना र दुई रोपनीमा तरकारी र फलफूल स्टोर रहनेछ ।

त्यसबाट बाँकी रहेको जग्गामा झण्डै एक सय सवारीसाधन अटाउने पार्किङ बन्ने बताइएको छ । भवनको निर्माण दुई चरणमा गरेर अघि बढाइने एकाइ प्रमुख तुलाधरले जानकारी दिनुभयो ।

पहिलो चरणमा २७ वटा भवन, पर्खाल, सडक, ढललगायतका पूर्वाधारको निर्माण हुनेछन् भने दोस्रो चरणमा हरियाली स्थान, सुरक्षाकर्मीका लागि भवन, सामुदायिक भवन, हेल्थ क्लब र पौडी पोखरी निर्माण गरिने उहाँले बताउनुभयो । यहाँ निर्माण हुने २७ वटै भवनमा उति नै तला, कोठा र उस्तै डिजाइन हुनेछ ।

भवनहरुमा भुइँ तलामा मटान, बैठक कोठा, निजी कोठा, सुरक्षाकर्मीको कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा हुनेछन।

पहिलो कोठामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कक्ष, भान्सा र भोजन कक्ष रहनेछ । त्यस्तै, दोस्रो तलामा दुई वटा पाहुना कोठा, पूजा कोठा, लौन्ड्री रहने बताइएको छ ।

नेपालको संविधानमा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने’ व्यवस्था छ ।

हालको मन्त्रिपरिषद्मा २५ जना नै मन्त्री रहेका पुल्चोकस्थित आवास अपुग भएकाले कतिपय मन्त्री पुल्चोकभन्दा बाहिर नै भाडाका घरमा बस्दै आउनुभएको छ ।

संविधानमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका सभामुख, उपसभामुखका लागि निवासको व्यवस्था हुने उल्लेख भए पनि भवन अभावका कारण सरकारले उपलब्ध गराउन सकिरहेको छैन ।

हाल मन्त्री निवास रहेको स्थानमा विसं २०२८ मा १४ वटा र विसं २०५४ मा पाँच वटा भवन निर्माण गरिएका थिए । पहिले बनेका भवन पुराना र जीर्ण हुँदा समयसमयमा मर्मत गरेर मन्त्री त्यहाँ बसिरहेका छन ।

भैँसेपाटीमा भवन निर्माण सकिएपछि हाल मन्त्री निवास रहेको स्थान (पुल्चोक) मा राजकीय अतिथि गृह निर्माण गरिने बताइएको छ । (रासस)

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १२:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...