back
NMB ad

भारतमा आयो आर्थिक संकट, आरबीआईले दियो १० खर्ब ७६ अर्ब भारु

Kumari bank ad

एजेन्सी । भारतमा आर्थिक संकट आएको छ । आर्थिक संकट देखिएपछि केन्द्रीय बैङ्क रिजर्व बैङ्क अफ इन्डिया (आरबीआई) ले सरकारलाई रकम निकासा गरेको छ ।

आरबीआईले आर्थिक वृद्धिलाई गति दिन सोमबार केन्द्रीय सरकारलाई १० खर्ब ७६ अर्ब भारु अर्थात २४ अर्ब ४० करोड अमेरिकी डलर दिएको छ ।

तत्काल देखिएको आर्थिक संकटलाई मोचन गर्न आरबीआईको सञ्चालक समितिले सो रकम दिने निर्णय गरेको थियो । सो रकम मुलुकको आर्थिक वृद्धिमा लगानी गर्ने हिन्दस्तान टाइम्सले उल्लेख गरेको छ ।

आरबीआईले गत फेब्रुअरीमा २ खर्ब ८० अर्ब भारु सरकारको खातामा लाभांश पठाएको थियो । नरेन्द्र मोदी प्रधानमन्त्री भएयता आथिक वृद्धि सबैभन्दा कमजोर भएको छ ।

आर्थिक मन्दी सुरु भएपछि भारतमा हजारौले अटा क्षेत्रबाट रोजगारी गुमाउनुका साथै खर्च गर्ने क्षमतामा ह्रास आएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

केन्द्रीय वित्तमन्त्री निर्मला सितारमनले आर्थिक वृद्धिलाई गति दिन धेरै कार्यक्रम घोषणा गर्नुभएको थियो । । उहाँले बजेट घाटा घटाएर कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३.३ प्रतिशतमा झार्ने लक्ष्य लिनुभएको थियो ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...