Logo

कर्पोरेट बैंकको भदौ २५ मा विशेष सभाः १५०% हकप्रद ल्याउने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको विशेष साधारण सभा भदौ २५ गते हुने भएको छ । बैंकले विगतको विशेष सभाबाट पारित १ः१.५ अनुपातको हकप्रद सेयर अनुमोदन गर्ने प्रस्ताव पेश गर्नेछ ।

उक्त हकप्रदको बाँकी प्रक्रिया पूरा गरी संस्थापकलाई कल इन एड्भान्समा वापतको हकप्रद दिने प्रस्ताव रहेको छ । सभामा बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्जमा बिहान ७.३१ बजेबाट सुरु हुनेछ ।

बैंकको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने एजेन्डा रहेको छ । बैंकको चुक्ता पुँजी ३७ करोड ५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ९ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७६ भदौ ११ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com