back
NMB ad

पर्यटन मन्त्री भट्टराईले एक्कासी किन भेटे देउवालाई ? यस्तो छ कारण !

Kumari bank ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफुले संहालेको मन्त्रालयको कामका बारेमा जानकारी गराउँदै आवश्यक सल्लाह लिनुभएको छ ।

आज शनिबार विहान देउवा निवास बुढानिलकण्ठ पुगेर मन्त्री भट्टराईले भेट गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

आफ्नो फेसबुकमा तस्विर सहित स्टाटस पोष्ट गर्दै मन्त्री भट्टराईले भन्नुभयो ‘मैले आफुले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक धन्यावाद ज्ञापन गर्दछु ।’

भट्टराईले मन्त्रालय संहाले यता पर्यटनसंग सरोकारवाला निकाय र विज्ञसंगको भेटघाटलाई निरन्तरता दिंदै आउनुभएको छ । यही शिलशिलामा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेतासंग भेट गर्नुभएको हो । वाइड बडी प्रकरणमा निर्णय हुँदा देउवा पर्यटन हेर्नेगरी प्रधानमन्त्री हुनुहुन्थ्यो ।

२०७६ भदौ १४ गते प्रकाशित

वि.सं.२०७६ भदौ १४ शनिवार ११:५४ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...