Logo

दुधको मूल्य १० रुपैयाँ बढाउन माग

काठमाडौं । किसानले दुधको मूल्य तत्काल बढाउन सरकारसँग माग गरेका छन् । नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालले शनिबार पत्रकार सम्मेलन गरी दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग गरेका हुन।

समाजका अध्यक्ष आनन्द निउरेले तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत् राख्दा किसानलाई मर्का परेको बताउनु भयो । तीन वर्ष यता उत्पादन लागत ३० प्रतिशत बढेको तर दुधको मूल्य नबढेको उहाँको भनाई छ ।

दुधको मूल्य निर्धारण नगरिए यस क्षेत्रका करिब १० लाख रोजगारी गुम्ने र खर्बौ रुपैयाँका गाई, भैंसी नासिने मात्र भइ राज्यको खर्बको व्यापार घाटा बढ्ने समाज ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।

२०७६ भदौ १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com