Logo

यसरी सकियो नाडा अटो शो, कति भयो त कारोवार ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भदौ १० गते देखि सुरु भएको नाडा अटो शो २०१९ मा करिब ५ अर्ब रुपैयाँ भन्दा धेरैको सवारी साधन बुकिङ्ग भएका छन । नाडा आटो शोको १४ औें प्रर्दशनीमा उक्त रकम बराबरको सवारी साधन बुकिङ्ग भएका हुन ।

गत वर्षको तुलनामा यस बर्ष प्रदर्शनी मार्फत सवारी साधन बुकिङ्ग गर्नेको संख्यामा उल्लेख्य रुपमा बढेको नाडा अटो मोवाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्ण दुलालले बताउनुभयो । गत वर्षको नाडा अटो शोमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको सवारी साधन बुकिङ्ग भएको थियो ।

उक्त प्रदर्शनीमा आफुहरुले अनुमान गरेको भन्दा धेरै अवलोकनकर्ता आएको दुलालले जानकारी दिनुभयो । आटो शोमा ८१ हजार जना अवलोकन गरेको छन ।

विद्युतिय कार र साना तथा मझौला सवारी साधनहरुमा अवलोकनकर्ताहरुको राजाईमा परेको दुलालले बताउनुभयो । अटो शोमा एउटा ७२ लाख रुपैयाँको मोटर साईकाल समेत बिक्री भएको छ ।

दुइपांग्रे तर्फ उत्कृष्ट स्टल केटिएम मोटरसाइकल बन्न सफल भएको छ भने चारपांग्रे सवारीतर्फ उत्कृष्ट स्टल टोयोटा बन्न सफल भएको छ ।
यो वर्षको अटो शोमा दुइपांग्रे तथा चारपांग्रे गरी ४१ ब्रान्डको सहभागिता रहेका थियो । त्यस्तै स्पेयर पार्टस, बैंक तथा वित्तीय संस्थासहित ९५ कम्पनीको सहभागिता रहेको थियो ।

२०७६ भदौ १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com