back
NMB ad

कृषिको दायरा फराकिलो बनाउन आवश्यकः मन्त्री खनाल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनुभएको छ ।

मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन कृषि विज्ञलाई आग्रह गर्नुभयो ।

उहाँले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौंमा मंगलबारबाट शुरु भएको अन्तराष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा कृषि बीउबीजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ ।

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...