back
NMB ad

किन कन्याम मात्र रोज्छन् इलाम पुग्ने पर्यटक ?

Kumari bank ad

इलाम । पर्यटकीय जिल्ला इलामको पर्यायकै रूपपरिचित छ जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित कन्याम । बाहिरबाट आएका धेरै पर्यटकहरू इलाम आएर पनि कन्यामबाट नै फिर्ने गरेका छन ।

मेची राजमार्गसँग जोडिएको भएर पनि कन्याम पर्यटकहरूका लागि सहज गन्तब्य हो । तराई र राजधानी लगायतबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ ।

चियावारीको जिल्ला इलाम, कन्याममा पनि ठुलो चियावारी । हेर्दा पनि हरियाली अनी सुन्दरताले कन्याम धेरै पर्यटकहरूको गन्तब्य बनेको छ । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ ।

तर चियावारी कन्याममा मात्र छैन इलामको । इलाम नगरपालिका अर्थात जिल्ला सदरमकाम छेउमा रहेको चिया वगान सुन्दर र अनी मनमोहक छ ।

पर्यटकको रोजाइमा कन्याम पर्नु स्वभाविक पनि छ । झापासँग नजिक रहेकाले पनि यहाँ ३५ डिग्रीभन्दा बढी तापक्रम छल्न पनि १९ डिग्रीतापक्रम छल्न कन्याम आउने गरेका छन् । मानिसले सहजता खोज्नु, विलासिता बस्तुमा वढि मुल्य खर्च गर्नु स्वभाविक जस्तै बनेको छ ।

त्यसैले पनि झापा, मोरङका जिल्लामा गर्मी बढ्दा इलाम आउने पर्यटकहरूको संख्या वढ्दै गएको छ । मोरङका रविन निरौला परिवार सहित केही दिन बस्ने गरि इलाम आए । छोराछोरीको छुट्टीको अवसर बनाएर इलाम आएका उनी र उनका परिवार इलाममा केही दिन वसे ।

तर उनीहरूले कन्याम र फिक्कल मात्र घुमेको वताए । इलाममा पनि चियावारी छ, इलामका अन्य स्थान पनि घुम्ने ठाउँ छन् भन्ने नै उनलाई थाहा छैन । उनले भने “इलाम भन्ने बित्तिकै कन्याम बुझिन्छ, यहाँ आउने बित्तिकै चियाबारी देख्न पाइन्छ,” इलाम भनेकै कन्याम बुझ्ने उनले इलाममा हेर्न लायकको कन्याम मात्र बुझेको वताए ।

३५ देखी ३८ डिग्रीभन्दा बढी तापक्रममा हुँदा दिउँसो सडकमा हिँड्न सक्ने अवस्था नहुने भएपछि उनी इलाममा चिसो खान आएका हुन् । गर्मीले जनजीवन प्रभावित हुने गरेको छ ।

बढि गर्मी भएपछि मानिस चिसो खान भएपनि नजिकै रहेको इलाम आउने गरेका छन् । झापाका विजय राई वढि गमी भएपछि इलाम आफन्तकोमा आएर केही दिन बसे ।

उनले पनि छोराछोरी लिएर नै इलाम आएका थिए । केही दिन भएपनि शान्तगरि स्वास फेर्न पाएकोमा आफु र श्रीमती मात्र हैन छोरा छोरीलाई पनि आनन्द मिलेको उनी वताउँछन् । “केही दिन भएपनि शितल भयो झापा झरेपछि फेरी उही हुन्छ ।,” उनले भने ।

तराईमा गर्मी वढेपछि नजिकै रहेको इलामको कन्याम र फिक्कलसम्म धेरै पर्यटकहरू आउने गरेका छन् । विशेष गरेर शनिबार यहाँ वढि पर्यटक आउने गरेका छन् । छुट्टीको दिन फुर्सद निकालेर नै मानिसहरू यहाँ आउने गरेका छन ।

झापाबाट केही माथि उक्लेपछि भेटिने कन्याममा गर्मीबाट छलिन आन्तरिक पर्यटक बाक्लिन थालेका छन् । शनिबारको दिन त मेची राजमार्गमै पर्ने यस क्षेत्रमा ट्राफिक जाम नै हुन थालेको छ। बाह्रै महिना पर्यटकहरूको घुइँचो लागे पनि गर्मीको समयमा पर्यटकको संख्या अझ दोब्बर बढी हुने गरेको छ ।

बाहिरबाट आएकाहरूलले कन्यामलाई पूर्वको स्वर्गको उपमा दिने गरेका छन । दिउशो कन्याम र रात अन्तुमा बिताउने योजना बनाएर आउने पर्यटकहरूसमेत वढ्दै गएका छन । सूर्योदय नगरपालिकाको कन्याम–अन्तु पर्यटकहरूको प्रमुख रोजाइ बन्ने गरेको छ ।

कन्याममा भर्खरै मात्र नगरपालिकाले ब्यापार गर्ने स्थानीय व्यापार व्यवसायका छाप्रा हटाएर केही ब्यवस्थित गरेर बस्न सिकाएको छ । जमिनमा टायल बिच्याएर आल्मोनियमका चक्कावाला सामान राख्ने बनाउन लगाएको छ ।

तर अझैपनि यतिले कन्याम ब्यवस्थित हुन नसकेको स्थानिय स्वयम वताउँछन् । गर्न सक्ने हो भने सामान्य क्रितिम संरचना बनाएर अझ पर्यटक तान्नमा नगरपालिका लाग्नु पर्ने बाहिरबाट आएका पर्यटकहरू पनि वताउँछन ।

कन्याम क्षेत्रमा रहेको घोडा र नेपाली मौलिक पहिरनमा रमाउने पर्यटकहरूको कमी छैनन । कन्यामको चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरूको प्रमुख आकर्षण हो ।

विभिन्न जातिय पहिरन लगाएर तस्विर कैद गर्ने पर्यटकहरू प्रसस्तै भेटिन्छन् यहाँ । ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि सहरी परिवेशका तथा बाह्य पर्यटकहरूका लागि नौलो र आकर्षक काम बनेको छ।

बाह्रै महिना पर्यटकको चाप हुने यस क्षेत्रलाई प्रदेश १ सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई पर्यटकिय नगरी भनेर घोषणा समेत गरेको छ ।

तर चियावारी घुम्न आएका पर्यटकहरूलाई इलामका अन्य स्थानमा समेत आउन पर्यटक प्रवर्दन समिति इलामका महासचिव देवी पौडेल आग्रह गर्छन ।

इलाम चियावारी, पानीटार चियावारी र जिल्लाका अन्य स्थानमा रहेका चियावारी पर्यटकहरूका लागि उत्तिकै मनमोहक लाग्ने पर्यटन ब्यवसायीहरू वताउँछन ।

इलाममा हेर्न र घुम्न लायकका अन्य वसतु, ठाउँ र स्थानहरू भैपनि कन्याम अनी चियाले मात्र चर्चा पाएको उनीहरूको भनाई छ ।

विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, प्रदेश नम्वर एकको प्रमुख पर्यटकिय गन्तब्य मानिने सन्दकपुर र जिल्ला भित्र रहेका धार्मिक र पर्यटकिय स्थलहरूको समेत उत्तिकै चर्चा हुन सके अन्य स्थानमा पनि पर्यटकहरूको भिड लाग्ने सरोकारवाला निकायको भनाई छ ।

जिल्लाका ग्रामिण भेगमा पुग्ने सडक हिउँदका दिनमा मात्र चल्ने भएपछि पनि अन्य स्थानमा पर्यटक कम पुग्ने गरेका छन । –टीका खतिवडा/कारोवार दैनिक

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...