Logo

चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणमा आइतबार आउने भएका छन । चिनियाँ राष्ट्रपति सी जिङपिङको संभावित नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन ।

उनी पाकिस्तान–अफगानिस्तान–चीनबीचको त्रिपक्षीय बैठकमा सहभागी भएर नेपाल आउने कार्यक्रम तय भएको छ । विदेशमन्त्री वाङ गत जुलाईमा नेपाल आएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी नेपाल भ्रमणमा आएका हुन । यसपटक भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै निमन्त्रणामा नेपाल आउन लागेका हुन ।

२०७६ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com